कञ्चनपुरमा सामुदायिक वनका पूर्व अध्यक्ष कार्की मृत फेला

Published by:

Published on:

महेन्द्रनगर २०८३ कार्तीक २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटेनास्थित झिलमिली सामुदायिक वनका पूर्व अध्यक्ष देब सिंह कार्की मृत फेला परेकाछन्।

मेटनास्थित रामटोलका ५१ वर्षीय रामटोलको सडक छेउ कल्भर्ट नजिक मृत फेला परेका हुन् । बुधबार घरबाट निस्केका कार्की बिहीबार बिहान मृत फेला परेका हुन ।

मृत्युको कारण पत्ता लागेको छैन । प्रहरीले कार्कीको शव जाँचका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएर राखेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक रावतले कार्की मृत भेटिएपछि शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार