महेन्द्रनगर । भारतको एक विश्वविद्यालयले कञ्चनपुरका सरोकारवालासंग छलफल गरेको छ ।भारत बरोदा गुजरातमा रहेको पारुल विश्वविद्यालयले शुक्रबार शिक्षासग सरोकार राख्ने जिल्लाका सरोकारवालासंग छलफल गरेको हो ।
उक्त विश्वविद्यालय नेपाल हेर्ने सहायक म्यानेजर निरज शाहले स्नातक, स्नाकोत्तरदेखिका माथिल्ला शैक्षिक कार्यक्रम संचालन हुने बताए ।शाहले नेपालका समेत थुप्रै विद्यार्थी अध्ययनरत रहेको एकै छानामुनी सबै व्यवस्था रहेको बताए ।
नेपालका विभिन्न शहर, स्थानमा सम्पर्क कार्यालय रहेको कञ्चनपुरमा पनि छिट्टै खोलेर संचालन गर्ने बताए ।‘हामीले शैक्षिक गुणस्तरमा कसैसंग पनि सम्झौता गर्दैनौँ, ‘उनले भने, ‘हाम्रो प्रतिक्षा नै असल जनहक्ति उत्पादन गर्ने हो ।
’ दुताबास मार्फत सत प्रतिशत र अन्य नेपाली विद्यार्थीका लागि ५०प्रतिशत छात्रबृतिमा अध्यापन गराईने बताए ।थप जानकारीका लागि पारुल विश्वविद्यालयको वेससाईडमा गएर पनि सम्पर्क गर्न सकिने बताए ।
