सुर्खेत गाडी दुर्घटना चार जनाको मृत्यु, ३० घाइते

Published by:

Published on:

डिलबहादुर खत्री सुर्खेत । दैलेख सिमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे २ बजेको समयमा दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाईते भएका छन् ।

प्रहरीका अनुसार मृत्तकको पहिचान अझै खुल्न सकेको छैन् । चौंतीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी ९डीएसपी ० वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनु भयो । उहाँका अनुसार ३ जनाको अवस्था गम्भिर रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार